होटलको कोठाबाट हतियारसहित पक्राउ परे एक युवक

होटलको कोठाबाट हतियारसहित पक्राउ परे एक युवक

रौतहट : पर्सा गाउँपालिकामा रहेको एक होटलबाट प्रहरीले पेस्तोल र गोली सहित एक युवकलाई पक्राउ गरेको छ। 

हतियार सहित युवक होटलमा बसिरहेको सूचना पाएर पुगेको प्रहरी चौकी नारायणपुरको टोलीले कटुवा पेस्तोल सहित युवकलाई पक्राउ गरेको हो।

पर्सा गाउँपालिका–२, मा रहेको रवी होटलबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक साह हतियारसहित पक्राउ परेको प्रहरी चौकी नारायणपुरका प्रहरी सहायक निरीक्षक किशोरी यादवले बताए। 

उनका अनुसार साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको छ। बरामद हतियारसहित उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए।

यस सम्बन्धमा आवश्यक अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको  प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

वैशाख २१, २०८२ आइतबार १०:०२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।