स्वास्थ्यमा एक हजार अस्थायी कर्मचारी थप्दै सरकार

स्वास्थ्यमा एक हजार अस्थायी कर्मचारी थप्दै सरकार

काठमाडौं : मन्त्रीपरिषद् बैठकले स्वास्थ्य क्षेत्रमा एक हजार अस्थायी कर्मचारी थप्ने निर्णय गरेको छ। गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न आवश्यक जनशक्तिसहित विभिन्न अस्पतालमा जनशक्ति थप्ने निर्णय गरेको हो।

बैठकको निर्णय अनुसार बोर्डका लागि चार सय दुई जनशक्ति थपिने छन्। त्यसमा अधिकृतस्तरका ५६ तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ थपिने भएका छन्।

मन्त्रीपरिषद्ले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा एक सय २९, गेटा अस्पताल धनगढीमा एक सय ४१ र डडेलधुरा अस्पतालमा तीन सय १३ जनाको अस्थायी दरबन्दी समेत स्वीकृत गरेको छ।

वैशाख २१, २०८२ आइतबार ००:१९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।