वीरेन्द्रबहादुर बस्नेतको ‘बाइ द बुक’ सार्वजनिक

काठमाडौं : हवाई उद्यमी एवं बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतको पुस्तक ‘बाइ द बुक’ सार्वजनिक भएको छ । स्थापनाको झण्डै २८ वर्षको अवधिमा बुद्ध एयरले हासिल गरेका सफलता र व्यवस्थापकीय पाटोका विभिन्न आयामलाई पुस्तकमा समावेश गरिएका छन्।
शनिबार ललितपुरमा एक कार्यक्रमकाबीच कर्मचारी सञ्चय कोषका तत्कालीन प्रमुख प्रशासक संसारभक्त श्रेष्ठ र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शमशेर जबराले संयुक्त रूपमा पुस्तक विमोचन गरे।
लेखक बस्नेतले नयाँ आउने उद्यमीलाई केही सिक्ने अवसर मिलोस् भनेर पुस्तक लेखेको बताए । ‘यो पुस्तकको अर्थ नियमसङ्गत हो । बुद्धएयर सुरुआत गर्दाको सपना र सोचलाई पुस्तकमा समेटिएको छ’, उनले भने, ‘हवाई उद्योग असाध्यै जोखिमपूर्ण उद्योग हो, विभिन्न बाधाव्यवधान र कठिनाइ आउँछन् तिनलाई कत्ति पनि हरेस नखाई कसरी समाधान र व्यवस्थापन गरेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश पुस्तकमा उल्लेख छ ।’
बस्नेतले आमनेपाली उद्योग व्यवसाय र व्यवस्थापनमा लागेकाहरूका लागि पुस्तक केही सिक्ने सन्दर्भ सामग्रीका रूपमा हुने विश्वास व्यक्त गरे।
वैशाख २०, २०८२ शनिबार १९:५२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।