पहिलो अन्तर्राष्ट्रिय सहभागितामै नेपाली डजबल टोलीले जित्यो कास्य पदक

पहिलो अन्तर्राष्ट्रिय सहभागितामै नेपाली डजबल टोलीले जित्यो कास्य पदक

काठमाडौं : भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय अन्तर्राष्ट्रिय डजबल प्रतियोगितामा नेपालले पहिलो सहभागितामै प्रभावशाली प्रदर्शन गर्दै कास्य पदक जितेको छ।

अप्रिल २५ देखि २७ सम्म आयोजना भएको उक्त प्रतियोगितामा नेपाल, भारत र मलेसियाबीच प्रतिस्पर्धा भएको थियो। 

छोटो तयारी समय, सीमित स्रोत र पहिलो अन्तर्राष्ट्रिय अनुभव हुँदाहुँदै नेपाली टोलीले जुझारु र आत्मविश्वासी प्रदर्शन गर्दै सबैको ध्यान खिच्न सफल भयो। भारतविरुद्ध ३-१ को प्रतिस्पर्धात्मक हार र मलेसियन राइनोसविरुद्धको साहसिक खेल प्रदर्शनले नेपाललाई तृतीय स्थानमा पुर्यायो।

नेपाली टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति जनाउनु मात्र नभई अनुशासित र प्रेरणादायी प्रदर्शन गर्न सक्यो। 

उक्त प्रतियोगितामा विशेष अतिथि रहेका एसियन डजबल महासंघका महासचिव दासा सुब्रमन्यमले समेत नेपालबाट पहिलोपटक सहभागिता भएकोमा खुशी व्यक्त गर्दै भने, ‘नेपालले देखाएको प्रदर्शनबाट म निकै प्रभावित भएँ। म नेपालमा डजबलको उज्ज्वल भविष्य देख्छु।’

नेपाली टोलीको यो सफलताले नेपालमा डजबल खेलप्रति जनचासो बढाउने विश्वास गरिएको छ।

वैशाख २०, २०८२ शनिबार १८:५३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।