देशका पहाडी भेगमा बदली, चट्याङसहित वर्षाको सम्भावना

देशका पहाडी भेगमा बदली, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी वायु, स्थानीय वायुप्रवाह तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशसहित देशका अधिकांश पहाडी भेगमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थान तथा अन्य क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै, हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने सम्भावना छ।

वैशाख २०, २०८२ शनिबार ०७:१९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।