चलचित्र ‘अञ्जिला’ले मनायो ५१ दिन

चलचित्र ‘अञ्जिला’ले मनायो ५१ दिन

काठमाडौं : चलचित्र ‘अञ्जिला’ले आज प्रदर्शनको ५१ दिन मनाएको छ।

फागुन २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शन भइरहेको चलचित्र ‘अञ्जिला’ले शुक्रबार सशस्त्र प्रहरी बल हलचोकमा ५१ दिन मनायो। 

कार्यक्रममा बोल्दै निर्देशक मिलन चाम्सले चलचित्र अझै पनि नेपालको ४५ हलहरूमा र २७ वटा देशमा प्रदर्शन भएको बताए।

यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले निर्देशक मिलन चाम्स र निर्माता प्रेम श्रेष्ठको मात्र सफलता नभई चलचित्र उद्योगकै सफलता भएको बताए। उनले नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा देशकै गहना भएको भन्दै यो चलचित्र आफैमा महत्वपूर्ण  रहेको बताए।
  

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा जीवनीमा आधारित यो चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन्। सुदीप बरालले छायाङ्कन गरेको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन गरेका छन्। 

वैशाख १९, २०८२ शुक्रबार २१:०२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।