नीति तथा कार्यक्रमलाई रास्वपाले भन्यो- थाकेको सरकारको बासी प्रस्तुति

नीति तथा कार्यक्रमलाई रास्वपाले भन्यो- थाकेको सरकारको बासी प्रस्तुति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सरकारले थाकेर, हारेर, कल्पनाशीलता गुमाएर नीति तथा कार्यक्रम ल्याएको आरोप लागएका छन्।

शुक्रबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न नसकेको बताए।

उनले भने, ‘यो सरकार पुरै थाकेर, हारेर, कल्पनाशीलता गुमाएर केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न सकेको छैन । केही पछिल्ला वर्षहरुमा सुनेका कार्यक्रमहरुलाई नै निरन्तरता दिएको देखिन्छ। ०७४ को चुनावपछि दुई तिहाइको सरकार बन्दा पूरा गर्न नसकिने हावादारी भएपनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो, तर, आज यो सरकारमा कल्पनाशीलता कतै पनि देखिँदैन।’

साथै उनले यो सरकार यति बलियो हुँदा पनि कतै ल्याएको नीतिमा कल्पनाशिलता नदेखिएको बताए। उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमको आकार सरकारले घटाएर ल्याएको बताए।

यसैगरी रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी नीति तथा कार्यक्रम थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम भएको टिप्पणी गरे। उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमको फेल भइसकेको पुरानै कार्यक्रम भएको बताए।

वैशाख १९, २०८२ शुक्रबार २०:४९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।