ट्रायम्फ नेपालको 'एपिक राइड' सम्पन्न, ४० राइडर लो-मान्थाङ पुगे

काठमाडौं : आठ दिने साहसिक मोटरसाइकल यात्रा ‘एपिक राइड: इकोज अफ दि लस्ट किङ्डम’ सफलतापूर्वक सम्पन्न भएको छ।
अप्रिल २० देखि २७, २०२५ सम्म आयोजित यात्रामा ४० जना ट्रायम्फ राइडरहरूले स्पीड ४०० र स्क्र्याम्बलर ४०० एक्स मोटरसाइकलमा १००० किलोमिटरभन्दा बढी दूरी पार गर्दै लोमान्थाङ सम्मको यात्रा गरे।
यात्राले नेपालका सांस्कृतिक सम्पदा, पर्यटकीय सम्भावना, र स्थानीय व्यवसाय प्रवर्द्धनमा योगदान पुर्याएको आयोजकले जनाएको छ।
राइडरहरूले मुग्लिन, कुश्मा, मार्फा, मुक्तिनाथ, लो–मान्थाङ, कोरला, तातोपानी, कुरिनटाजस्ता प्रमुख गन्तव्यहरू हुँदै यात्रा पुरा गरेका थिए।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले यो यात्रा राइडरहरूको लागि जीवनभर सम्झनलायक अनुभव भएको बताए।
'एपिक राइड' ट्रायम्फ नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रा. लि.ले आयोजना गरेको हो।
वैशाख १९, २०८२ शुक्रबार १९:५६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।