एनसेललाई सरकारले गर्यो सम्मान

काठमाडौं : सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा एनसेललाई सम्मान गरेको छ।
८ औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका निर्देशक पुनम सिंहलाई सम्मानपत्र प्रदान गरे।
आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै कर बुझाएर राष्ट्रलाई दिएको योगदानको मूल्यांकन गर्दै एनसेललाई यो सम्मान दिइएको हो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले सरकारबाट सम्मान पाउँदा गर्व लागेको बताउँदै डिजिटल नेपालको अभियानमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे।
वैशाख १९, २०८२ शुक्रबार १९:२३:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।