‘काइयी एक्सचेन्ज कर्निभल २०८२’ को औपचारिक सुरुवात

काठमाडौं : काइयी नेपालले आफ्नो वार्षिक ‘काइयी एक्सचेन्ज कर्निभल २०८२’ को औपचारिक सुरुवात गरेको छ। यो कार्यक्रमले सुविधा, बचत र उत्सवको स्वाद एकैसाथ प्रदान गर्नेछ।
कर्निभल अवधिभर ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो सवारी लिएर आउन सक्नेछन्, जसको विशेषज्ञहरूद्वारा उचित मूल्यांकन गरिनेछ र सबैभन्दा राम्रो पुनः बिक्री प्रस्ताव उपलब्ध गराइनेछ। साथै, काइयीले विशेष एक्सचेन्ज बोनस, नगद छुट, सवारी कर तथा बीमाको पूर्ण खर्च कभर गर्ने व्यवस्था गरेको छ।
यस कर्निभलमा काइयीका तीन प्रमुख विद्युतीय मोडेलहरू प्रस्तुत गरिनेछन्- E-Qute 02, E-Qute 04 र X3 Pro EV । यी सवारी साधनहरूले दिगो प्रविधि, आराम, स्टाइल, सुरक्षालगायत उत्कृष्ट कार्यसम्पादन प्रदान गर्ने काइयीको प्रतिबद्धता झल्काउँछन्।
कार्यक्रम केवल अफरहरूमै सीमित छैन- यो एक उत्सवको रूपमा पनि प्रस्तुत गरिएको छ जहाँ संगीत, रमाइला खेलकुद र परिवारका सबै सदस्यलाई आकर्षित गर्ने गतिविधिहरू समावेश गरिएको छ।
काइयी नेपालले सम्पूर्ण परिवार, ईभी प्रेमीहरू तथा नयाँ सवारीमा रूपान्तरणको सोच बनाइरहेका सबैलाई काइयी एक्सचेन्ज कर्निभल २०८२ मा सहभागी भइ नयाँ प्रविधिको उत्सव मनाउन निमन्त्रणा गरेको छ।
वैशाख १९, २०८२ शुक्रबार १९:०५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।