एक्सपेंगले सार्वजनिक गर्‍यो ह्युमनाँइड रोबोट ‘आयरन’

एक्सपेंगले सार्वजनिक गर्‍यो ह्युमनाँइड रोबोट ‘आयरन’

काठमाडौं : चिनियाँ इलेक्ट्रिक सवारी निर्माता कम्पनी एक्सपेंग ले २०२५ को शाङ्घाई अटो शोमा आफ्नो अत्याधुनिक ह्युमनाँइड रोबोट ‘आयरन’ सार्वजनिक प्रदर्शन गरेको छ। पहिलो पटक २०२४ नोभेम्बरमा प्रस्तुत गरिएको यो रोबोट अहिले एक्सपेंगका कार उत्पादन कारखानाहरूमा प्रयोग भइसकेको छ।

‘आयरन’ को उचाइ ५ फिट ८ इन्च (१.७३ मिटर) र तौल ७० किलोग्राम रहेको छ। मानवीय अनुपातमा डिजाइन गरिएको यस रोबोटको हातहरू मानिसको जसरीनै चल्न सक्षम छन्, जसले गर्दा विभिन्न वस्तुहरू सहज र सावधानीपूर्वक सम्हाल्न सक्छ।

एक्सपेंगको आफ्नै प्रविधिबाट सञ्चालित यो रोबोट अन्य परम्परागत रोबोटहरूको जस्तो कठोर चालभन्दा फरक सजिलो र लचकदार गतिमा हिँडडुल गर्न सक्षम छ। साथै, यसमा कम्पनीका स्मार्ट कारहरूमा जस्तै स्वर पहिचान प्रणाली जडान गरिएको छ।

‘आयरन’ मा एक्सपेंगको स्वचालित गाडीहरूमा जस्तै उच्चस्तरीय भिजन सिस्टम, अत्याधुनिक क्यामेरा र सफ्टवेयर प्रयोग गरिएको छ। यसले रोबोटलाई आफ्नो वरपरको वातावरण पहिचान गर्न, विश्लेषण गर्न र स्मार्ट निर्णय लिन सक्षम बनाउँछ।

एक्सपेंगले ‘आयरन’लाई केवल उद्योगमा सहयोगीको रूपमा सीमित नराखी, भविष्यमा पसल, कार्यालय र घरमा व्यक्तिगत सहायक को रूपमा प्रयोग गर्न सकिने सम्भावना रहेको बताएको छ। ग्राहक सेवा, व्यवस्थापन तथा दैनिक कार्यहरूमा सहयोग पुर्याउने गरी यसको विकास गरिने कम्पनीको दीर्घकालीन योजना छ।

वैशाख १९, २०८२ शुक्रबार १७:००:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।