नीति तथा कार्यक्रम : धितोपत्र  बोर्डको पुनर्संरचना, नेपाल स्टक एक्सचेन्जको सुदृढीकरण

नीति तथा कार्यक्रम : धितोपत्र  बोर्डको पुनर्संरचना, नेपाल स्टक एक्सचेन्जको सुदृढीकरण

काठमाडौं : सरकारले नेपाल धितोपत्र  बोर्डको पुनर्संरचना र नेपाल स्टक एक्सचेन्जको सुदृढीकरण गर्ने घोषणा गरेको छ। सङ्घीय संसद्को संयुक्त सदनमा शुक्रवार आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल धितोपत्र बोर्डको सुदृढीकरणको घोषणा गरेका हुन्।

विवादका कारण नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रक्रिया अलपत्र परेको छ। नीति तथा कार्यक्रममा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गर्ने समेत उल्लेख छ। नेप्सेको पुनर्संरचना गरी पुँजी बजारको क्षमता र पारदर्शिता बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

वैशाख १९, २०८२ शुक्रबार १६:१९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।