नीति तथा कार्यक्रम : स्रोत नभएका आयोजनाहरू स्थगन र त्रुटिपूर्ण आयोजनाहरू खारेज गरिने

नीति तथा कार्यक्रम :  स्रोत नभएका आयोजनाहरू स्थगन र त्रुटिपूर्ण आयोजनाहरू खारेज गरिने
तस्विर : दिपेश श्रेष्ठ

काठमाडौं : सरकारले घोषणा गरेका पूर्वाधार आयोजनाहरूलाई प्राथमिकीकरण गर्ने भएको छ। शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले  पूर्वाधार आयोजनाहरूलाई प्राथमिकीकरण गर्ने बताए। 

उनले भने, ‘विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनः प्राथमिकीकरण गर्ने। आगामी आर्थिक वर्षमा सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने आयोजनाहरू निर्माणाधीन र निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी आवश्यक स्रोत नभएका आयोजनाहरू स्थगन गर्ने, त्रुटिपूर्ण आयोजनाहरू खारेज गर्ने,’राष्ट्रपति पौडेलले भने।  

साथै उनले विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनः प्राथमिकीकरण गरिने बताए। 

वैशाख १९, २०८२ शुक्रबार १६:०८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।