पेट्रोलियम गाडीमा यूरो-६ लागू हुने, डिजिटल बैंक स्थापना गरिने

पेट्रोलियम गाडीमा यूरो-६ लागू हुने, डिजिटल बैंक स्थापना गरिने

काठमाडौं । पेट्रोलियम गाडीमा यूरो–६ लागू गरिने भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा यूरो-६ लागू गरिने बताए।

उनले भने, ‘अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिनेछ। युरो ६ अनुरुपको पेट्रोलियम पदार्थ प्रयोग गरेपछि गाडी युरो ६ अनुसार हुनेछ।’

यसैगरी सरकारले डिजिटल बैंक स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताए। 

‘सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदसहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ। नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिनेछ,’राष्ट्रपति पौडेलले भने।

यसैगरी सरकारले विद्यालय शिक्षा ऐन बनाउने भएको छ। विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न कानुन बनाइने भएको हो।

राष्ट्रपति पौडेलले विद्यालय शिक्षामा देखिएको चुनौती समाधान गर्न नीतिगत र कानुनी प्रबन्ध पनि गरिने बताए। उनले उद्यमशीलता मैत्री शिक्षामा जोड दिने सरकारको नीति रहेको र पाठ्यक्रममा सुधार गरिने बताए।

वैशाख १९, २०८२ शुक्रबार १६:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।