नीति तथा कार्यक्रम :  नागरिक एपको विस्तार, जेन जी पुस्तालाई प्राथमिकता, संविधानको समिक्षा

नीति तथा कार्यक्रम :  नागरिक एपको विस्तार, जेन जी पुस्तालाई प्राथमिकता, संविधानको समिक्षा


काठमाडौं  : संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम अहिले प्रस्तुत भइरहेको छ।  राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रमलाई वाचन गरेर सुनाइरहेका छन्। 

सरकारले नागरिक एप्सको व्यापक विस्तार गर्ने बताएको छ। राष्ट्रपतिले सबै सरकारी सेवा अनलाइनमार्फत उपलब्ध गराउने लक्ष्यसहित नागरिक एपलाई अझ विस्तारित गर्ने घोषणा गरेको छन्। 

सरकारले नीति तथा कार्यक्रममा ‘जेन जी’ पुस्तालाई केन्द्रमा राखेको छ। राष्ट्रपति पौडेलले युवा लक्षित स्टार्टअप कार्यक्रम ल्याउने घोषणा गर्दै भने, ‘उद्यमशीलता प्रवर्द्धनमार्फत आन्तरिक रोजगारी सिर्जना गरिनेछ।’ सरकारले सबै उद्यममा बिजनेस प्लान सुनिश्चित गरी त्यसको ‘इको सिस्टम’ विकास गर्ने बताएको छ।

नीति तथा कार्यक्रममा संविधानको समिक्षा र आवश्यक परे संशोधनको प्रक्रिया अघि बढाइने उल्लेख छ। साथै, प्रतिगामी र अराजक गतिविधिको प्रतिवाद गर्ने नीति अपनाइने स्पष्ट गरिएको छ।
 

वैशाख १९, २०८२ शुक्रबार १५:५२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।