सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ। महासंघको अनुसार शुक्रबार चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
वैशाख १९, २०८२ शुक्रबार ११:१७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।