राष्ट्रिय सुरक्षा सल्लाहकार हटाइए माइक वाल्ट्ज, दिइयो नयाँ जिम्मेवारी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट हटाएका छन्।
यद्यपि उनले वाल्ट्जलाई संयुक्त राष्ट्र संघको लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। ट्रम्पले ट्रुथ सोसलको पोस्टमा यसको जानकारी दिएका हुन्।
‘मलाई संयुक्त राष्ट्र संघको लागि अर्को अमेरिकी राजदूतको रूपमा माइक वाल्ट्जलाई मनोनयन गर्ने घोषणा गर्न पाउँदा खुसी लागेको छ’, उनले लेखेका छन्।
उनले अगाडि लेखेका छन्, ‘युद्धभूमिमा पोशाकमा हुँदा, कंग्रेसमा हुँदा र मेरो राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा, माइक वाल्ट्जले हाम्रो राष्ट्रको हितलाई प्राथमिकतामा राख्न कडा परिश्रम गरेका छन्। मलाई थाहा छ उनले आफ्नो नयाँ भूमिकामा पनि त्यस्तै गर्नेछन्।’
ट्रम्पले वाल्ट्जको ठाउँमा विदेशमन्त्री मार्को रुबियोले तत्कालका लागि राष्ट्रिय सुरक्षा सल्लाहकारको अतिरिक्त जिम्मेवारी सम्हाल्ने छन्। वाल्ट्जले ट्विटरमा राष्ट्रपतिको घोषणाको स्क्रिनसट पोस्ट गरे।
‘राष्ट्रपति ट्रम्प र हाम्रो महान राष्ट्रको सेवा जारी राख्न पाउँदा म गहिरो सम्मानित छु’, उनले लेखेका छन्।
संवेदनशील सैन्य योजनाहरू छलफल भइरहेको च्याट समूहमा गल्तिले एक पत्रकार थपेकोमा वाल्ट्जले हालै आलोचनाको सामना गर्नु परेको थियो।
वैशाख १९, २०८२ शुक्रबार ०९:२७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।