प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे भाजपा विदेश प्रमुख चौथाइवाले

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहेका भाजपाका विदेश प्रमुख चौथाइवाले प्रधानमन्त्रीलाई भेट्न बिहिबार प्रधानमन्त्री निवास, बालुवाटारमा पुगे।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
वैशाख १८, २०८२ बिहीबार २१:३०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।