विश्वप्रसिद्ध सिनामन रोल्स अब नेपालमा

काठमाडौं : विश्वप्रसिद्ध अमेरिकी बेकरी ब्रान्ड सिन्नाबोन अब नेपालमा प्रवेश गर्दैछ। आफ्नो लोकप्रिय सिनामन रोल्सका लागि परिचित यो ब्रान्डले पहिलो शाखा सानेपा, ललितपुरमा खोल्दैछ।
सिन्नाबोनले नेपालमा क्लासिक रोल्स, मिनीबोन्स, साथै चिल्लाटा र प्रिमियम कफी पेय पदार्थहरू सहितका बेक परिकारहरू प्रस्तुत गर्नेछ।
५० भन्दा बढी देशहरूमा उपस्थिति बनाइसकेको यो ब्रान्डलाई नेपालमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजले ल्याएको हो।
नेपालको बढ्दो फुड रेस्टुरेन्ट बजारलाई लक्षित गर्दै सिन्नाबोनले उच्चस्तरीय डेजर्टप्रतिको रूचिलाई सम्बोधन गर्ने विश्वास गरिएको छ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजका प्रबन्ध निर्देशक राज बहादुर शाह र गो टु फुड्स इन्टरनेशनल का एसिया प्यासिफिक उपाध्यक्ष स्टीवन याङले नेपाली बजारमा सिन्नाबोनले मिठास थप्ने विश्वास व्यक्त गरे।
वैशाख १८, २०८२ बिहीबार २१:१४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।