नामी र सेरेसको ‘प्री बजेट ब्याश’ अफर, थाइल्याण्ड ट्रिप देखि आईफोन जित्ने मौका

नामी र सेरेसको ‘प्री बजेट ब्याश’ अफर, थाइल्याण्ड ट्रिप देखि आईफोन जित्ने मौका

काठमाडौं : नेपालका लोकप्रिय इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ नामी र सेरेसले देशभर लागू हुने ‘प्री बजेट ब्याश’ अफर ल्याएका छन्। यो अफर वैशाख १८ गतेदेखि २२ गतेसम्म देशभरिका नामी र सेरेस शोरूमहरूमा लागू हुनेछ।

यस अफर अन्तर्गत ग्राहकहरूले नामी गाडी मात्र ५.९९ लाख रुपैयाँमा र पावरफुल सेरेस ईभी ८.९९ लाख रुपैयाँमा घर लैजान सक्नेछन्। साथै, ग्राहकहरूले नयाँ ईभी गाडी परीक्षण गर्न, टेस्ट ड्राइभ गर्न र पुराना गाडी एक्सचेन्ज क्याम्पमार्फत साट्न सक्नेछन्।

नामी ब्रान्डमा ग्राहकहरूले अधिकतम १ लाख रुपैयाँसम्मको लाभ पाउनेछन् भने सेरेसमा यो लाभ २ लाख रुपैयाँसम्म हुनेछ। साथै, छिटो डेलिभरी सुविधा उपलब्ध गराइएको छ।  जसअनुसार ग्राहकहरूले गाडी बुक गरेपछि दुई कार्यदिनमै चाबी प्राप्त गर्न सक्नेछन्।

अफर अवधिभर टेस्ट ड्राइभमा सहभागी हुने सबै व्यक्तिलाई विशेष उपहार दिइनेछ। त्यस्तै, गाडी बुक गर्ने ग्राहकहरूलाई दुई जनाका लागि रोम्यान्टिक नाइट स्टे प्याकेज जित्ने सुनिश्चित मौका पनि प्रदान गरिनेछ।

यस अभियानमा दुई आकर्षक लक्की ड्र पनि समावेश छन्। गाडी बुक गर्ने ग्राहकहरूमध्ये एक भाग्यमानी जोडीले थाइल्याण्ड ट्रिप जित्नेछन्। टेस्ट ड्राइभमा सहभागीमध्ये एकजना भाग्यमानीले आईफोन १६ प्रो म्याक्स प्राप्त गर्नेछन्।

विद्युतीय सवारी साधनप्रेमी र सम्भावित ग्राहकहरूका लागि डिजाइन गरिएको ‘प्री बजेट ब्याश’ अफरले हरित भविष्यतर्फको यात्रा थप उत्साहजनक बनाउने विश्वास गरिएको छ।

वैशाख १८, २०८२ बिहीबार २०:५१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।