रियलमीको ‘इन्स्ट्यान्ट फाइनान्स योजना’, किस्तामा स्मार्टफोन किन्न सकिने

रियलमीको ‘इन्स्ट्यान्ट फाइनान्स योजना’, किस्तामा स्मार्टफोन किन्न सकिने

काठमाडौं : रियलमीले ग्राहकहरूलाई प्रिमियम स्मार्टफोनहरू सहज रूपमा उपलब्ध गराउन ‘इन्स्टान्ट फाइनान्स योजना’ ल्याएको छ। यो योजना अन्तर्गत प्रयोगकर्ताहरूले केवल आफ्नो नागरिकता प्रमाणपत्र बुझाए मासिक किस्तामा स्मार्टफोन किन्न सक्नेछन्।

यस योजनामा गुडविल फाइनान्स लिमिटेड र जगदम्बा हायर पर्चेजसँगको सहकार्यमा प्रयोगकर्ताहरूले रियलमीका स्मार्टफोनहरू सजिलै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

यस योजनाअन्तर्गत उपलब्ध लोकप्रिय मोडलहरूमा रु. ३३,९९९ मूल्यको नार्जो ७० प्रो रु. १३,५९९ को डाउन पेमेन्टमा, रु. १,६९९ मासिक किस्तामा खरिद गर्न सकिन्छ।

त्यस्तै, बजेटअनुकूल विकल्प खोज्नेहरूका लागि, रियलमी C75 (८+१२८ जीबी स्टोरेज) रु. २६,९९९ मा उपलब्ध छ, जसमा रु. १०,७९९ को डाउन पेमेन्ट र रु. १,३४९ मासिक किस्ताको सुविधा दिइएको छ।

वैकल्पिक रूपमा, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको C75 रु. २९,९९९ मा खरिद गर्न सकिन्छ, जसमा रु. ११,९९९ डाउन पेमेन्ट र रु. १,४९९ मासिक किस्ता तिर्ने व्यवस्था छ।

यो योजना विशेषगरी अत्याधुनिक स्मार्टफोन किन्न चाहने युवा प्रयोगकर्ता, विद्यार्थी तथा पहिलो पटक स्मार्टफोन खरिद गर्न लागेका ग्राहकहरूका लागि उपयुक्त मानिएको छ।

रियलमीको यो किस्ता योजना हाल देशभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध छ।

वैशाख १८, २०८२ बिहीबार २०:३३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।