मच्छिन्द्रनाथको रथ तनाउने जोस (फोटोफिचर)

काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ आज दुई महिनाको रथ यात्रामा निस्किए। सांस्कृतिक, धार्मिक र ऐतिहासिक दृष्टिले अति महत्वपूर्ण मानिने यो रथ यात्रा बिहीबार साइत हेरेर तःबहालको मन्दिरबाट शुरू गरियो।
पुल्चोकमा निर्माण गरिएको ३२ हात लामो र ४८ फिट अग्लो रथमा विराजमान गराइएका मच्छिन्द्रनाथलाई गाःबहालसम्म तानेर पुर्याइएको छ। काठमाडौं उपत्यकामा वर्षाको आगमन र सहकालको संकेत स्वरूप मानिसहरूले श्रद्धा र उल्लासका साथ जात्रामा सहभागिता जनाए।
मच्छिन्द्रनाथको रथ गाःबहालबाट मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलसम्म पुर्याइनेछ। जावलाखेलमा रथ पुर्याइएपछि राष्ट्रपतिको उपस्थितिमा विशेष समारोह आयोजना गरिन्छ, जहाँ ऐतिहासिक ‘भोटो देखाउने’ परम्परा पूरा गरिँदै जात्राको समापन गरिन्छ। यो परम्परा मच्छिन्द्रनाथसँग जोडिएको एक प्राचीन किंवदन्तीको स्मरण हो। यसले जनताको आस्थालाई जोड्ने काम गर्छ।
सात सय वर्षभन्दा पुरानो यो जात्रा वैशाख शुक्ल प्रतिपदाबाट शुरू भई आषाढ शुक्ल चतुर्थीसम्म सञ्चालन हुन्छ।
वैशाख १८, २०८२ बिहीबार १८:२५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।