पलको बजार बिग्रिएपछि फिल्म ‘महाराजधिराज’मा रमेश जोडिए

काठमाडौं : फिल्म ऐश्वर्यपछि अभिनेता रमेश उप्रेती लगभग बेरोजगार भए। अन्तर्वार्ताहरूमा देखिँदै आएका भने थिए उनी। केही म्युजिक भिडियोमा अभिनय समेत गरे।
फिल्ममा नदेखिए पनि अमेरिकामा बसाइँसरेकी जल शाहसँगको अन्तर्वार्ता भाइरल भएर सिनलेसै भएनन् उनी। उनै अभिनेता रमेश फिल्म ‘महाराजधिराज’मा अनुबन्ध भएका छन्।
निर्माण टिमले यस अगाडि नै पल शाहलाई अनुबन्ध गरेर सिंहासनमा बसेको नग्न तस्वीर सार्वजनिक गरेको थियो। तस्बिरलाई लिएर विवाद समेत भएको थियो। निर्माण टिमले अहिले आएर सोही फिल्ममा उनलाई मुख्य भुमिकामै अनुबन्धित गरेको हो।
यो फिल्म ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन्।
फिल्म निर्देशक सेन आफैंले लेखेका हुन्। उनले यसअघि ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए। फिल्म समीक्षात्मक रुपमा सफल देखियो तर व्यवसायीक रूपमा असफल भयो।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए। सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।
वैशाख १८, २०८२ बिहीबार १६:५३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।