बालेनलाई भेट्न जापानी राजदूत महानगर पुगे

बालेनलाई भेट्न जापानी राजदूत महानगर पुगे

काठमाडौं : नेपालका लागि जापानका राजदूत मायादा तोरु काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई भेट्न पुगेका छन्। उनी शाहलाई भेट्न उनकै कार्यकक्षमा पुगे।   

भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भयो।

कुराकानीका क्रममा शाहले काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गरे। सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराए। 

राजदूत तोरुले काठमाडौं र जापानका सहरहरूका बीचमा सहरी आचरण सम्बन्धी आपसी ज्ञान र सीप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरे। 

वैशाख १८, २०८२ बिहीबार १४:४५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।