‘काम पाइएन र कामदार पाइएन भन्नेलाई जोड्न श्रमसंसार’

‘काम पाइएन र कामदार पाइएन भन्नेलाई जोड्न श्रमसंसार’

काठमाडौं : सरकारले रोजगारदाता र उद्यमीको समस्या समाधान गर्न श्रम संसार पोर्टल सञ्चालनमा ल्याएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काम र कामदार नपाइने समस्या समाधान गर्नका लागि श्रमसंसार पोर्टल सञ्चालनमा ल्याइएको जानकारी गराएका छन्।

रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने पनि उनले बताएका छन्।

उनले भने, ‘सार्वजनिक सवारी साधनको सेवा दिने र लिनेले जसरी अहिले राइड सेयरिङ एप सेवा प्रचलनमा ल्याएका छन्, त्यसैगरी अब सरकारले रोजगारदाता र रोजगारी खोजकर्तलाई प्रविधिमार्फत सोझै सम्पर्क गर्नेगरी श्रमसंसार पोर्टलको आरम्भ गरेको छ।’

रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने र एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुवै समस्यालाई समाधान गर्ने प्रधानमन्त्री ओलीको दाबी छ।

वैशाख १८, २०८२ बिहीबार १२:४८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।