सुधीर शाह अपहरण आरोपमा एक नाबालकसहित चार जना पक्राउ

सुधीर शाह अपहरण आरोपमा एक नाबालकसहित चार जना पक्राउ

वीरगञ्ज : कलैया उपमहानगर-१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन्।

अपहरणमा परेका साहलाई वीरगञ्ज महानगर-१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्ट जानकारी दिए।

उनका अनुसार अपहरणमा संलग्न भएको आरोपमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको छ।

हिरासतमा रहेका नाबालखको विवरण भने सार्वजनिक गरिएको छैन।

पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए।

वैशाख १८, २०८२ बिहीबार १२:०९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।