हुथी विद्रोहीलाई समर्थन गरेबापत इरानले परिणाम भोग्नुपर्नेछ : अमेरिकी रक्षामन्त्री हेगसेथ

एजेन्सी : अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानलाई चेतावनी दिँदै यमनका हुथी विद्रोहीलाई दिएको ‘घातक’ समर्थनको परिणाम भोग्नुपर्ने बताएका छन्।
हुथी विद्रोही समूहले यमनको ठूलो भागमा नियन्त्रण जमाउँदै आएको छ। गत मार्चदेखि अमेरिकाले हुथीहरू विरुद्धको आक्रमण तीव्र पार्दै १,००० भन्दा बढी लक्ष्यमा प्रहार गरिसकेको छ।
अमेरिकाले आफ्ना सैन्य कारबाहीहरू लाल सागरमा अमेरिकी तथा अन्तर्राष्ट्रिय जलयानमाथि भएको हुथी हमलाको प्रतिक्रियाका रूपमा अघि बढाएको दाबी गर्दै आएको छ।
रक्षामन्त्री हेगसेथले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इरानलाई सन्देश : हामीलाई थाहा छ तपाईंहरूले हुथीहरूलाई घातक समर्थन गरिरहनुभएको छ। तपाईंहरू के गर्दै हुनुहुन्छ भन्ने कुरा हामी जान्दछौं। तपाईंलाई अमेरिकी सेनाको क्षमता थाहा छ- र तपाईंलाई पहिल्यै चेतावनी दिइएको थियो। तपाईंले हामीले रोजेको समय र स्थानमा यसको परिणाम भोग्नु हुनेछ।’
वैशाख १८, २०८२ बिहीबार १०:१६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।