सिद्धार्थ बैंकको सहयोगमा रुकुमको जनप्रिय विद्यालय भवन पुनर्निर्माण सुरू

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडको सहयोगमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१ स्थित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्य सुरु गरिएको छ।
२०८० सालमा आएको विनाशकारी भूकम्पले क्षति पुर्याएको विद्यालयको एक भवन पुनर्निर्माण गर्न बैंकले आर्थिक सहयोग गरेको हो।
बाल कक्षादेखि कक्षा ८ सम्म अध्ययन हुने विद्यालयमा हाल १७५ जना विद्यार्थी अध्ययनरत छन्। शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नं. १ का अध्यक्ष टेक बहादुर पुन लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकको उपस्थिति थियो।
सिद्धार्थ बैंकले गुणस्तरीय शिक्षालाई निरन्तर प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकाको समुचित शिक्षा पहुँचका लागि देशका विभिन्न स्थानमा सहयोग गर्दै आएको जनाएको छ।
बैंकका अनुसार आजका बालबालिकालाई सीप, ज्ञान र नैतिक मूल्यमा आधारित शिक्षा दिई भविष्यका लागि योग्य र जिम्मेवार नागरिक बनाउने प्रयास बैंकको दीर्घकालीन दृष्टिकोण हो।
साथै, बैंकले दिगो विकास लक्ष्यमा योगदान पुर्याउने उद्देश्यले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
वैशाख १८, २०८२ बिहीबार ०९:२७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।