चितवनको पुरानो मेडिकल कलेजमा न्यूरो सर्जरी सेवा पुनः सुरु

चितवनको पुरानो मेडिकल कलेजमा न्यूरो सर्जरी सेवा पुनः सुरु

चितवन : चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा न्यूरो सर्जरी सेवा पुनः सुरु गरिएको छ।

वरिष्ठ न्यूरोसर्जन प्रा. डा. आइप चेरियनको नेतृत्वमा डा. बिपिन चौरसिया सहितको विशेषज्ञ टोलीले सेवा दिन थालेको हो।

डा. चौरसियाका अनुसार अस्पतालले २४ सै घण्टा आकस्मिक न्यूरो सर्जरी तथा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ओपीडी सेवा प्रदान गर्दै आएको छ।

विशेषगरी सवारी दुर्घटनाबाट हुने टाउको र मेरुदण्डको चोट (न्यूरो ट्रमा) जस्ता आकस्मिक अवस्थामा प्राथमिकता दिइने बताइएको छ।

‘हाम्रो टिम मस्तिष्कको ट्युमर, घात, ब्रेन एन्युरिजम, टाउकोमा पानी जम्ने, मेरुदण्डको ट्युमर र फ्र्याक्चर, ढाड दुख्ने, खुट्टा झमझम गर्ने तथा पक्षाघातजस्ता सम्पूर्ण न्यूरोसम्बन्धी समस्याको उपचार गर्न सक्षम छ’, डा. चौरसियाले बताए।

यो सेवाबाट चितवन र आसपासका बिरामीलाई काठमाडौंसम्म जानुपर्ने बाध्यता अन्त्य भई स्थानीय स्तरमै गुणस्तरीय उपचार सुविधा उपलब्ध हुने अस्पतालले जनाएको छ।

वैशाख १८, २०८२ बिहीबार ०९:१२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।