
शिक्षकको आन्दोलन स्थगित, नियमित कक्षा सुरु गर्न अनुरोध

काठमाडौं : सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षक महासङ्घले शैक्षिक हडताल स्थगित गरेको छ। बुधवार सरकारसँग सहमति भएसँगै शैक्षिक हडताल स्थगित गरिएको जानकारी दिँदै महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरूलाई नियमित कक्षा सञ्चालनमा सहभागी हुन आग्रह गरे।
उनले सरकारसँग सहमतिपछि आयोजित पत्रकार सम्मेलनमा आम शैक्षिक हडताल स्थगित भएको र नियमित कक्षा सञ्चालन गराउन अनुरोध गरे।
उनले अब परीक्षा र भर्ना अभियानमा संलग्न हुन शिक्षक कर्मचारीलाई आग्रह गर्दै सरकारसँग भएको सहमति कार्यान्वयन नभए यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिई।
वैशाख १७, २०८२ बुधबार २१:२१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।