आठ अर्बको दायित्व दिएर सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सहमति, सडक आन्दोलन रोकियो

आठ अर्बको दायित्व दिएर सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सहमति, सडक आन्दोलन रोकियो

काठमाडौँ : आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ। बुधवार सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको हो।

असार १५ गतेभित्र शिक्षा ऐन ल्याउने लगायतका बुँदामा सहमति भएको हो। शिक्षक महासंघसँगको सहमतिपछि सरकारलाई झन्डै ८ अर्बको दायित्व थपिएको गृहमन्त्री रमेश लेखकले बताएका थिए।

सहमतिमा शिक्षकको स्वास्थ्य लगायतका पक्षमा आर्थिक दायित्व बढेको छ। सहमति अनुसार शिक्षक-कर्मचारीको उपचार निजामती अस्पतालमा हुने उल्लेख छ। 

वैशाख १७, २०८२ बुधबार २१:११:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।