शिक्षक आन्दोलनपछि छात्रवासमा एक्लै थिए याम, बुधवार भेटिए मृत

पर्वत : पर्वत सदरमुकाम कुस्मा बजारस्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्र मृत अवस्थामा फेला परेका छन्।
विद्यालयको दृष्टिविहीन छात्रावासमा बस्दै आएका कक्षा ११ अध्ययनरत बागलुङ काठेखोला गाउँपालिका–७ सेराका २० वर्षीय छात्र यामबहादुर कार्की बुधवार मृत फेला परेका हुन्।
शिक्षक आन्दोलनका कारण अन्य विद्यार्थी घर गएका थिए। उनी पुरुष छात्रावासमा एक्लै बस्दै आएका थिए। उनी बुधवार बिहान अबेरसम्म बाहिर ननिस्किएपछि खोजी गर्ने क्रममा मृत भेटिए।
छात्रवासको मुख्य ढोकाको चुकुल खोलेर भित्र पस्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताए।
मृतकका आफन्तलाई बागलुङबाट बोलाएर छात्रवासबाट शव परीक्षणका लागि प्रदेश अस्पताल पर्वतमा लगेर राखिएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए।
वैशाख १७, २०८२ बुधबार १९:३०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।