कान्छारामको ठाउँमा राज्यमन्त्री भए खमबहादुर

कान्छारामको ठाउँमा राज्यमन्त्री भए खमबहादुर

काठमाडौं : ऊर्जा राज्यमन्त्रीबाट बर्खास्तीमा परेका पूर्णबहादुर तामाङ (कान्छाराम) को ठाउँमा खमबहादुर गर्बुजा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार उनलाई प्रधानमन्त्रीको सिफारिसमा राज्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

गर्बुजा म्याग्दी कांग्रेसका सभापति तथा प्रतिनिधिसभाका सदस्य हुन्। यस अगाडि सो पदमा रहेका कान्छारामलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए। कान्छाराम कांग्रेसको सिफारिसमा राज्यमन्त्री नियुक्त भएका थिए।

वैशाख १७, २०८२ बुधबार १९:१७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।