पाँच घण्टा गैर कानुनी जेल बसाइँपछि कारागार मुक्त भए रेसम

पाँच घण्टा गैर कानुनी जेल बसाइँपछि कारागार मुक्त भए रेसम

काठमाडौं : सर्वोच्च अदालतको ‘नक्कली’ पत्रको आधारमा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी करिब पाँच घण्टाको गैर कानुनी जेल बसाइँपछि रिहा भएका छन्।

रिगल ढकालबारे अदालतबाट भएको आदेशमा टेक्दै सर्वोच्च प्रशासनबाट फैसला कार्यान्वयन गर्न भन्दै पत्र गएपछि बुधवार दिउँसो एक बजे उनी प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेर डिल्लीबजार कारागारमा चलान भएका थिए।

सर्वोच्चको पत्र नै अनधिकृत रहेको खुलेपछि प्रशासनले कारागार प्रशासनलाई पत्र पठाएर सो पत्र अदालतको नभएको भन्दै थुनामुक्त गर्न अनुरोध गरेको थियो। सर्वोच्चले रेसमलाई पक्राउको आदेश दिने मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्ट अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्।

सम्बन्धित समाचार

वैशाख १७, २०८२ बुधबार १८:२७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।