प्रधानमन्त्री ओली भन्छन् ‘राजतन्त्र भूतप्रेत भइसक्यो, अब कहिल्यै फर्किन्न’

प्रधानमन्त्री ओली भन्छन् ‘राजतन्त्र भूतप्रेत भइसक्यो, अब कहिल्यै फर्किन्न’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजतन्त्र भूत प्रेत भइसकेकाले अब फर्किएर आउन सम्भव नभएको दाबी गरे। उनले बुधवार जनताको सङ्घर्षबाट राजतन्त्र भूतप्रेत भइसकेको भन्दै अब तानाशाही राजतन्त्र कहिल्यै फर्किएर नआउने दाबी गरे।

राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा उनले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मूर्खहरूको डफ्फाले व्यवस्थाको विरोध गर्ने र हरेक कुरामा नकारात्मकता देख्ने गरेको टिप्पणी गरे।

‘रातीमा चारवटा स्याल कराउँदा वनै भन्किए जस्तो हुन्छ। तिनले कराएर केही हुन्न। अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना पुरा हुन्छ,’ उनले भने ‘त्यस्ता प्रवृत्ति विरुद्ध सशक्त रूपमा सांस्कृतिक ढ्याङ्ग्रो बजाउनुपरेको छ। यो काममा लाग्नु।’

वैशाख १७, २०८२ बुधबार १८:०२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।