चर्चा नभए पनि अभिनयमा व्यस्त बेनिशा, ‘सिटामोल’ र ‘मोहर’पछि ‘बिगुल’ मा अनुबन्ध

काठमाडौं : अभिनेत्री बेनिशा हमाल लगभग ओझेलमा छिन् लाइमलाइटबाट। अभिनय गरेका एकपछि अर्को फिल्मले हलमा बल्ड्याङ खाएपछि चर्चा र चासो दुवै कम हुने नै भयो। गत वर्षको फिल्म ‘उपहार’ ले उनलाई गतिलो उपहार दिन सकेन। त्यसपछि एक पटक हिन्दी फिल्म खेल्न भारत पुगेको चर्चा पनि आए बजारमा। त्यसपछि कता हो कता।
तर उनी फुर्सदमा भने छैनन् है। फिल्म ‘सिटामोल’ र ‘मोहर’मा अभिनय गरेकी उनी ‘बिगुल’मा अनुबन्धित भएकी छिन्। बिगुलमा अभिनेत्री हमालका साथमा अभिनेता नरेन खड्काको मुख्य भूमिका रहने छ।
बुधवार अक्षय तृतीयाको अवसर पारेर कोटेश्वर महादेवस्थानमा फिल्मको शुभ मुहूर्त गरिएको थियो। रमेश कोइरालाको निर्देशनमा बन्न लागेको यो फिल्मको सुटिङ वैशाख तेस्रो साताबाट हुने निर्माण पक्षको भनाई छ।
फिल्ममा दिनेश कोइरालाको कथा, मौनता श्रेष्ठको पटकथा, संवाद रहेको छ। फिल्ममा बेनिशा र नरेनका अलवा नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमिरे, सुमोद भारद्वाज लगायतका कलाकार छन्।
वैशाख १७, २०८२ बुधबार १७:४७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।