रेसम छाड्न अदालतको नयाँ पत्र, पक्राउको पत्र पठाउने विष्ट प्रहरी नियन्त्रणमा

काठमाडौं : सर्वोच्च अदालतको आदेशको अपव्याख्या गर्दै शाखा अधिकृतले प्रहरीलाई रेसम चौधरी पक्राउ गर्न पत्र पठाएको खुलेपछि सर्वोच्च प्रशासनले अर्को पत्र पठाएको छ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीलाई थुनामुक्त गर्न अदालतले कारागारमा नयाँ पत्र पठाएको हो।
बुधवार काठमाडौंको कमलादीबाट पक्राउ परेका चौधरी डिल्लीबजार कारागार चलान भइसकेका छन्।
उता रिगल ढकालको मुद्दाको अपव्याख्या गर्दै चौधरीलाई पक्राउ गर्न प्रहरीमा पत्र पठाउने सर्वोच्चका मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमान सिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्वोच्च प्रशासनको निर्देशनमा सो पत्रबारे सोधपुछ गर्न उनलाई जिल्ला प्रहरी परिसरले नियन्त्रणमा लिएको हो।
सम्बन्धित समाचार
वैशाख १७, २०८२ बुधबार १६:२०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।