ग्राण्ड कार्निभलमा बजाजका दुई नयाँ मोडल सार्वजनिक

काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाज पल्सर एन१६० र एन१२५ नेपाली बजारमा सार्वजनिक गरेको छ।
भृकुटीमण्डपमा आयोजना भइरहेको ग्राण्ड कार्निभलमा सार्वजनिक यी मोडलहरू पर्फमेन्स, प्रविधि र डिजाइनको नयाँ संयोजनका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
पल्सर एन१६० मा १६४.८२ सीसीको इन्जिन, डुअल च्यानल एबिएस, अपसाइड डाउन फोर्क, नाइट्रोक्स मोनोशक सस्पेन्सन र टर्न-बाइ-टर्न नेभिगेसन जस्ता फिचर छन्। यसले १६ पीएस पावर र १४.६५ एनएम टर्क दिन्छ।
त्यस्तै, पल्सर एन१२५ मा १२४.५८ सीसीको इन्जिन, काउन्टर ब्यालेन्सर, ५-स्पीड ट्रान्समिशन र उत्कृष्ट इन्धन दक्षता रहेको छ।
गोल्छा ग्रुपका मार्केटिङ हेड अमित राज चालिसेले पल्सर ब्रान्डले इनोभेसन र पर्फमेन्सको प्रतीकका रूपमा नयाँ उचाइ छोएको बताए।
ग्राण्ड कार्निभलमा टेस्ट राइड, स्थानमै फाइनान्स, एक्सचेन्ज सुविधा, नगद पुरस्कार, निःशुल्क एक्सेसरीज लगायतका अफर उपलब्ध छन्।
वैशाख १७, २०८२ बुधबार १४:२२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।