एनआईएमबी स्टक मार्केट्सले ल्यायो नयाँ टीएमएस सञ्चालन

एनआईएमबी स्टक मार्केट्सले ल्यायो नयाँ टीएमएस सञ्चालन

काठमाडौं : एनआईएमबी स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ टे«ड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा ल्याएको छ।

शेयर कारोबारलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताहरूको लागि उपलब्ध छ।

नयाँ टीएमएसको सुरुवातसँगै, एनआईएमबी स्टक मार्केट्स लिमिटेडले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ।

यस प्रणाली मार्फत लगानीकर्ताहरूले अनलाइन मार्फत शेयर खरिद÷बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने, रियल टाइम अर्डर प्लेसमेन्ट एन्ड पोर्टफोलियो ट्र्याकिङ सुविधा तथा मोबाइल उपकरणहरूमा पनि पहुँच रहेको छ।

एनआईएमबी स्टक मार्केट लिमिटेड, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोबारको सेवा प्रदान गर्दै आएको छ।

ग्राहक केन्द्रित सेवा र प्रविधिको सशक्त प्रयोग मार्फत नेपालको पूँजी बजारको विकासमा महत्वपूर्ण योगदन पु¥याउँदै आएको छ।

वैशाख १७, २०८२ बुधबार १४:१६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।