हिमालयन बैंकको बत्तिसपुतली शाखा नयाँ भवनमा सरेर सेवा सुरू

काठमाडौं : हिमालयन बैंक लिमिटेडले आफ्नो बत्तिसपुतली शाखा नयाँ स्थानमा स्थानान्तरण गरी सेवा सुरू गरेको छ।
अब शाखा काठमाडौं महानगरपालिका-९, राममन्दिर जाने बाटोस्थित नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट सञ्चालनमा आएको छ।
नयाँ शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक एसजेबी राणाले बैंकका अन्य उच्च पदस्थ अधिकारी र अतिथिहरूको उपस्थितिमा गरेका थिए।
हाल हिमालयन बैंकले देशभर १७४ शाखा कार्यालय, २० एक्सटेन्सन काउन्टर, २८४ एटीएम, ८ हजारभन्दा बढी पीओएस टर्मिनल र १५ हजारभन्दा बढी रेमिट्यान्स भुक्तानी काउन्टरमार्फत सेवा दिइरहेको छ।
वैशाख १७, २०८२ बुधबार १३:१६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।