चितवनमा लक्ष्मी कमर्शियल भेहिकलद्वारा आयोजित ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

चितवनमा लक्ष्मी कमर्शियल भेहिकलद्वारा आयोजित ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

चितवन : एसएमएल ईसुजु गाडीका लागि नेपालका एकमात्र आधिकारिक वितरक लक्ष्मी कमर्शियल भेहिकल प्रालिले चितवनको गितानगर रिसोर्टमा ‘ग्राहक भेटघाट कार्यक्रम २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ।

ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउने र सेवा प्रतिबद्धता सशक्त पार्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी र २०० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो।

कार्यक्रममा कम्पनीका सेल्स हेड सञ्जय खड्काले उत्कृष्ट बिक्री र दीर्घकालीन सन्तुष्टि सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

बस इन्चार्ज रामहरी थपलियाले एसएमएल ईसुजु गाडीहरूको प्रविधि, विश्वसनीयता र नेपाली बजारमा यसको प्रभावबारे प्राविधिक जानकारी प्रस्तुत गरे। कार्यक्रममा ब्राण्डेड अटोमोबाइल प्रालिको सहकार्य रहेको थियो।

ब्राण्डेड अटोमोबाइलका सीईओ इन्द्रप्रसाद रेग्मीले बिक्रीपछिको सेवामा उच्चतम सन्तुष्टि दिन लक्ष्मी कमर्शियलसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने बताएका छन्।

एसएमएल ईसुजु ब्रान्डले नेपाली बजारमा स्कुल बसदेखि ठूला ट्रकसम्मका विभिन्न खालका गाडीहरू आपूर्ति गर्दै आएको छ। आगामी दिनमा यस्ता कार्यक्रम देशभर सञ्चालन गर्दै ग्राहकसँगको सम्बन्ध थप बलियो बनाउने योजना कम्पनीको छ।

वैशाख १७, २०८२ बुधबार १३:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।