सात सयले घट्यो सुनको मूल्य

घकाठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ।
मंगलबार प्रतितोला एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु एक लाख ८८ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ९६५ कायम भएको छ। मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
वैशाख १७, २०८२ बुधबार ११:३०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।