‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

काठमाडौं : निर्देशक नवीन चौहानको चलचित्र ‘ऊनको स्वीटर’ को ट्रेलर मंगलबार साँझ काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरियो।
कार्यक्रममा अभिनेता विपीन कार्कीले आफूले ‘काफ्ले’ नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी दिए। ‘फिल्म एकदमै आत्मीय छ,’ उनले भने, ‘म दर्शकहरूले यसलाई आत्मसात् गर्नुहुनेछ भन्नेमा पूर्ण आशावादी छु।’
त्यस्तै, अभिनेत्री मिरुना मगरले आफू ‘फुल गुरुङ’ पात्रमा ढल्न पाउँदा पाएको अनुभूति यस्तो साटिन्-‘ऊनको स्वीटरले जस्तो न्यानोपन दिन्छ, त्यस्तै माया दिन पाएको महसुस गरेँ। म यस पात्रसँग गहिरो रूपमा जोडिन पुगेँ।’
चलचित्रमा अभिनेता विपीन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन् भने विल्सनविक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बूको पनि अभिनय छ।
चलचित्र ‘ऊनको स्वीटर’ सामाजिक कथावस्तुमा आधारित छ । यो आर्टमाण्डु प्रालिको ब्यानरमा निर्माण गरिएको पहिलो फिल्म हो।
वैशाख १६, २०८२ मंगलबार २१:५५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।