भारतबाट फर्किएका बाबुराम भन्छन्- उताबाट नेपालका प्रतिगामी शक्तिलाई उकासिएको रैनछ

भारतबाट फर्किएका बाबुराम भन्छन्- उताबाट नेपालका प्रतिगामी शक्तिलाई उकासिएको रैनछ

काठमाडौं : तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले भारत सरकारबाट नेपालका प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि नभएको सन्देश दिएका छन्।

मंगलबार राती त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भारतलाई नेपालको व्यवस्था सुरक्षित छ भन्ने विश्वास गराएको समेत बताए।

उनले नेपालमा हाल भइरहेका आन्दोलनहरू व्यवस्थाकै विरुद्धमा जाने आन्दोलन हो की भन्ने आशंका भारतमा रहेको बताए।

‘केही व्यक्तिहरू त्यसमा लागेको हुनसक्छ। तर भारत सरकार आफैँ र। त्यहाँको मुख्य शक्तिहरूको फेरि यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि त्यहाँबाट भएको छैन। हुन सक्दैन, त्यसले लाभ गर्दैन। भन्नेकुरा नै आयो,’ उनले भने। 


भट्टराईले नेपाल भारतको सम्बन्धको ऐतिहासिकतालाई कुनै पनि ढंगले अल्झिएर समय खेर नफाली वार्ताबाट समस्या हल गरेर जानुपर्ने बताए। उनले समस्याहरू समाधान गर्न इपिजीले काम गर्न सकेको र नयाँ विधि अपनाएर समस्या समाधान गर्नुपर्ने कुरामा जोड दिएको बताए।

‘नेपाल-भारत सम्बन्धको जुन ऐतिहासिकता छ, त्यसलाई हामीले कुनैपछि ढंगले अल्झिएर समय खेर फाल्नु हुँदैन। बाँकी रहेका समस्यालाई वार्ता, संवादबाटै हल गरेर जानुपर्छ,’ उनले भने।  

भट्टराईले भारतमा रहँदा भाजपाका वरिष्ठ नेता तथा रक्षामन्त्री राजनाथ सिंहसँग लगाएका नेताहरूसँग भेटवार्ता गरेका थिए।

वैशाख १६, २०८२ मंगलबार २१:३०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।