‘शाओमी १४ टि’ नेपाली बजारमा

‘शाओमी १४ टि’ नेपाली बजारमा

काठमाडौं । शाओमीले आफ्नो नयाँ स्मार्टफोन ‘शाओमी १४ टि’ नेपालमा सार्वजनिक गरेको छ।

प्रसिद्ध क्यामेरा निर्माता कम्पनी लाइकासँगको सहकार्यमा बनेको यो स्मार्टफोनले मोबाइल फोटोग्राफीमा नयाँ क्रान्ती ल्याउने दाबी गरिएको छ।

यो फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र ५० मेगापिक्सेलको सहितको ट्रिपल क्यामेरा सेटअप छ। 

यसमा मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, १४४ हर्ज एमोलेड डिस्प्ले र ६७ वाटको हाइपर चार्ज फास्ट चार्जिङ सुविधा छ।

यो स्मार्टफोन पानी र धुलो प्रतिरोधी छ भने सिनेमाटिक ब्लर, र्याक फोकस जस्ता फिचरले मोबाइलमै फिल्ममेकर शैलीको भिडियो बनाउन सकिने बनाइएको छ।

वैशाख १६, २०८२ मंगलबार १८:५९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।