अभिनेता आशीर्वादलाई बल्ल जुर्यो फिल्म,दिव्यासँग खेल्दै छन् ‘मायाप्रीति’

काठमाडौं : कलाकारिता बन्न कहिलेकाहीँ भाग्यले पनि साथ दिनुपर्दो रहेछ। कोही कलाकार फिल्ममा अनुबन्ध भएको भई गर्दा कोही कुरेको कुर्यै हुने।
दिलीप रायमाझीकी छोरी दिव्या रायमाझीलाई हेरौँ त। उनको डेब्यु फिल्म ‘एक्टर : टेक वान’ नै फ्लप भयो। तर त्यसले उनलाई कुनै असर परेन।
उनी एकपछि अर्को फिल्ममा अनुबन्ध भइरहेकी छिन्। त्यसयता फिल्म ‘पिताम्बर’ रिलिज भइसक्यो। फिल्मले प्रशंसा पायो तर दिव्याले अभिनयबाट प्रशंसा पाउन सकिनन्।
उनी अहिले आएर पुन ‘मायाप्रीति’ फिल्ममा अनुबन्ध भइन्। उता फिल्म ‘नाइँ नभन्नू ल ६’ फेम्ड अभिनेता आशीर्वाद क्षेत्री पहिलो फिल्मको अभिनयपछि पनि गुमनाम समान भए। बल्ल ‘मायाप्रीति’ मा अनुबन्ध भए।
वर्षमा ६२ वटा फिल्म निर्माण हुँदा समेत नपत्याइएका आशीर्वाद केही दिनको अन्तरालमा २ वटा फिल्ममा अनुबन्ध भए।
मायाप्रीतिसँगै उनी केही दिन अघि अभिनेत्री निरुता सिंहसँगको फिल्म ‘महावीर’ मा समेत अनुबन्ध भइसकेका छन्। साइन भएको आधारमा महावीर उनको दोस्रो फिल्म हो भने मायाप्रीति तेस्रो।
मायाप्रीति अवि श्रेष्ठले निर्देशन गर्न लागेको हुन्। लगातार दुई फिल्ममा अनुबन्ध भएकाले अब चैँ उनी गुमनामै त नहोलान् कि!
वैशाख १६, २०८२ मंगलबार १८:२८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।