चितवनमा लक्ष्मी कमर्शियल भेहिकलको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

चितवन : एसएमएल इसुजु गाडीहरूको एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल प्रा. लि. ले चितवनमा ‘ग्राहक भेटघाट कार्यक्रम २०२५’ सम्पन्न गरेको छ। कार्यक्रममा २०० भन्दा बढी ग्राहक तथा व्यवसायीको उपस्थिति थियो।
कम्पनीका सेल्स हेड सञ्जय खड्काले उत्कृष्ट सेवा, गुणस्तरीय गाडी र दीर्घकालीन सन्तुष्टि दिने प्रतिबद्धता व्यक्त गरे। बस इन्चार्ज रामहरी थपलियाले एसएमएल इसुजु गाडीको प्राविधिक पक्षबारे विस्तृत जानकारी प्रस्तुत गरे।
कार्यक्रम ब्राण्डेड अटोमोबाइल प्रा. लि. को सहकार्यमा सम्पन्न भएको हो। कम्पनीका सीईओ इन्द्रप्रसाद रेग्मीले ग्राहक सन्तुष्टिमा विशेष जोड दिने बताए।
एसएमएल इसुजुले नेपाली बजारमा लाइट तथा मिडियम ट्रक, हिप्पर, स्कुल बस र स्टाफ बस जस्ता लोकप्रिय सवारी साधन उपलब्ध गराउँदै आएको छ।
वैशाख १६, २०८२ मंगलबार १७:३४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।