वर्तमान शासन व्यवस्थाको विकल्प अर्को व्यवस्था हुनै नसक्ने प्रचण्ड दाबी

वर्तमान शासन व्यवस्थाको विकल्प अर्को व्यवस्था हुनै नसक्ने प्रचण्ड दाबी

भजनी : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने बताएका छन्।

जनतासँग माओवादी कार्यक्रमअन्तर्गत तराई-मधेस जागरण हुलाकी मार्ग अभियानका क्रममा कैलालीको टीकापुरमा भएको खबरदारीसभामा उनले जनताको ठूलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार स्थापित भएको बताउँदै त्यसको विकल्पमा अर्को व्यवस्था हुनै नसक्ने बताए। 

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच आउने गतिविधि हुन नदिन सबै जना एकताबद्ध हुनुपर्ने बताए। अध्यक्ष दाहालले आवश्यकता अनुसार संशोधन पनि गर्नुपर्ने बताए।

देश विकासको जनचाहना पूरा गर्न  सरकार पनि इमानदारीपूर्वक लाग्नुपर्ने उनको सुझाव थियो । साथै उनले जनभावना अनुसार काम गर्न र आन्दोलनरत पक्षका जायज माग पूरा गर्न सरकारलाई आग्रह गरे। 

वैशाख १६, २०८२ मंगलबार १७:०५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।