‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित

‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको सो विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो।

त्यसअघि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले कतिपय ऐनमा रहेको त्रुटि सुधार गर्ने उद्देश्यले ८९ ऐन संशोधन र दुई ऐन खारेजको प्रक्रिया अगाडि बढाइएको बताए। उनले यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा गएपछि विकास निर्माणको काम थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।

सांसदहरू पूर्णबहादुर घर्ती मगर र प्रेम सुवालले विधेयकका विभिन्न पक्षका बारेमा जिज्ञासा राख्दै सहज कार्यान्वयनका आधार पेस गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

वैशाख १६, २०८२ मंगलबार १६:२२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।