‘एउटा शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु सपना मात्र’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु सपना मात्र हुने बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले पटक-पटक सरकार फेरिँदा पनि सरकारले २८ सालमा आएको शिक्षा ऐन फेर्न नसकेको भन्दै आपत्ति जनाए।
उनले भने, ‘पटक-पटक व्यवस्था फेरिए। पटक पटक सरकार फेरियो। सरकारले २८ सालमा आएको ऐन चलाइरहेको छ। जाबो एउटा शिक्षक ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउँछु भन्नु पनि अब हामीलाई सपना जस्तो भएको छ।’
साथै उनले सरकारी कर्मचारीले राजनीति गर्न नपाइने व्यवस्था नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न नसक्ने भन्दै सबै भातृ संगठनहरू खारेज गर्नुपर्ने बताए।
‘आज जसरी पार्टीका शिक्षकहरू छन् पार्टीका विद्यार्थीहरू छन्। सबै भातृ संगठनहरू खारेज नै गर्नुपर्छ। किनकी सरकारी कर्मचारीले राजनीति गर्ने होइन्। त्यो नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न सक्दैन्,’ उनले भने।
वैशाख १६, २०८२ मंगलबार १५:११:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।